काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आइतबारको संसद बैठकमा फरक दृश्य देखिएको छ । प्रतिपक्षीको नाराबाजी र होहल्लाकै बिच सरकारले पेलेर नीति तथा कार्यक्रम पास गरेको छ ।
सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रममाथिको छलफलका लागि १ घण्टाको समय छुट्याएका थिए । उक्त समयमा विपक्षी दलका दुई सांसद चित्रबहादुर केसी र प्रेम सुवालबाहेक सत्तापक्षका ४ जना सांसदले आफ्नो धारणा राखेर नीति तथा कार्यक्रममाथिको छलफल टुङ्ग्याइएको छ ।
नीति तथा कार्यक्रममा भाग लिने सांसदहरू :
१.चित्र बहादुर केसी, राष्ट्रिय जनमोर्चा
२.प्रेम सुवाल, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)
३.विष्णुप्रसाद पौडेल, नेकपा एमाले
४.जनार्दन शर्मा, नेकपा माओवादी केन्द्र
५.स्वर्णिम वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)
६.वीरेन्द्रप्रसाद महतो, जसपा

















