जनकपुरका विद्यालयहरु पाँचदिनसम्म बन्द हुने

35

नकपुरधाम । गर्मी अत्यधिक बढेपछि जनकपुरधामको विद्यालयहरु पाँचदिनका लागि बन्द गर्ने निर्णय गरिएको छ। जनकपुरधाम उपमहानगरपालिकाले एक सूचना जारी गर्दै बिहीबारदेखि सोमबारसम्मका लागि ५ दिन वर्षे बिदाबाट कट्टा हुनेगरि बिदा दिइएको जनाएको छ।

उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेहीलाल यादवले हाल बढ्दो अत्याधिक गर्मीको कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै पाँचदिन नगरभित्रका संस्थागत तथा सामुदायिक विद्यालयमा बिदा दिइएको जानकारी दिए।

अत्याधिक गर्मीका कारण तराई मधेसको जिल्लाहरुमा लु समेत सुरु भएको छ भने जनकपुरधामको तापक्रम ४० डिग्री सेल्सियससम्म पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here