ठगी गरेको आरोपमा एक जना पक्राउ

75

वीरगञ्ज । स्टुडेन्ट भिसामा रसिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको यमुनामाई गाउँपालिका- २ बस्ने २३ वर्षका राहुलकुमार प्रजापति रहेका छन्।

पक्राउ परेका उनले स्टुडेन्ट भिसामा रसिया पठाइदिने भन्दै नेपालस्थित रसियन दूतावासबाट जारी भएको नक्कली कागजातहरू देखाएर प्रलोभनमा पारी आफ्नै टोलका जीतेन्द्रकुमार यादवसँग दस लाख सतासी हजार सात सय २० रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

ठगी गरी विभिन्न स्थानमा लुकिछिपी बस्दै आएका प्रजापतिलाई पक्राउ गरिएको रौतहटकी प्रहरी प्रबक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन्।

पक्राउ परेका उनीविरुद्ध ठगी तथा अपराधिक लाभ समबन्धी कसुरमा अदालतबाट म्याद थप गराई अनुसन्धान अघि बढाइएको प्रबक्ता गिरीले जनाइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here