काठमाडौं । महान् फुटबलर पेलेकाे आमाको १ सय १ वर्षको उमेरमा निधन भएको छ। पेलेको निधन भएको १८ महिनापछि उनकाे आमाको निधन भएको हो।
सेलेस्ट अरानटेजको १०१ वर्षको उमेरमा शुक्रबार निधन भएको समाचार एजेन्सी एपीले उल्लेख गरेको छ। उनी पछिल्लो दुई वर्षदेखि कोमामा रहेकी थिइन् भने उनलाई आफ्ना छोरा पेलेको मृत्यु भएको बारेसमेत जानकारी थिएन।
पेलेकाे आमाको जन्म ट्रेस कोराकोसेसमा भएको थियो। पेले पनि त्यही जन्मिएका थिए। तर आमाले उनलाई पछि बउरु लगेकी थिइन्। जहाँ पेलेले बाल्यकालमा फुटबल सिकेका थिए।
पेलेकाेआमालाई ब्राजिलमा ‘ब्राजिलियन मोदर अफ द इयर’ को उपाधि समेत दिएको थियो। पेलेका बुबा जोओ रामोस दो नासिमेन्तो (डोनडिन्हो) को भने १९९६ मा ७९ वर्षको उमेरमा निधन भएको थियो। उनी पनि एक फुटबलर रहेका थिए।


















