मकवानपुर । जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी भएका छन्।
जंगली च्याउ खाँदा बसामाडीका ३६ वर्षीय श्यामबहादुर बल, १६ वर्षीया अनिता बल, ११ वर्षीय रेमन बल, ७३ वर्षीया फुलमायाँ र ३४ वर्षीय तुल बहादुर मोक्तान बिरामी भएका बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ।
उनीहरुको हेटौँडा अस्पतालमा उपचार गरिएको छ। जिल्लामा पछिल्लो एक महिनाभित्र जंगलबाट ल्याएको च्याउ खाँदा तीन जनाको मृत्यु भइसकेको छ भने २१ जना बिरामी भएका छन्।


















