मन्त्री फणीन्द्र देवकोटाले लिए पद तथा गोपनीयताको शपथ

22

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मन्त्री फणीन्द्र देवकोटा पद तथा गोपनीयताको शपथ लिएका छन्। दोस्रोपटक मन्त्री बनेका देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ खुवाएका हुन्। उनले पुरानै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यसअघि बिहीबार नै मन्त्री नियुक्त गर्ने तयारी थियो। तर, सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा प्रवेश गर्न रोक लगाएसँगै रोकिएको थियो।

गत जेठ २८ गते मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका फणीन्द्र भोलिपल्टै मन्त्री बनेका थिए। तर, पार्टीको ह्वीप नमानेको भन्दै जेठ ३२ मा माओवादीले फणीन्द्रलाई कारबाही गरेको थियो। कारबाहीपछि फणीन्द्र सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्चले सोमबार कारबाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएसँगै उनलाई प्रदेशसभा प्रवेश गर्ने बाटो खुलेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here