काठमाडौं । दैलेख, नारायण नगरपालिका-१ नयाँ बजारस्थित सुर्खेत बीरेन्द्रनगर नगरपालिका- १० घुस्रा घर भएका ३८ वर्षीय प्रकाश पौडेलको अन्नपुर्ण ईन्टरप्राईज फेन्सी कपडा पसलमा इन्भर्टर सर्ट भई सोमबार राति आगलागी हुँदा विभिन्न फेन्सी सामानहरू पूर्णरूपमा जलेर करिब ६० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर लाईन बस्ने ५० वर्षीय सिसिर जिसिको घरमा रहेको ब्युटी पार्लरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी हुँदा पार्लरमा रहेका मेसिनहरू लगायत अन्य समाग्रीहरू जलेर नष्ट भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।
पर्सा, वीरगंज महानगरपालिका-६ स्थित सिद्दार्थ बैंक रहेको भवनको चौंथो तलामा सोमबार साँझ आगलागी भएको छ । क्षतिको विवरण हाल खुलेको छैन । प्रहरीले स्थानीय वासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















