एमाले अध्यक्ष ओलीबाट धोका पाए : प्रम प्रचण्ड

36

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट धोका पाएको आशय व्यक्त गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा राजीनामा बुझाउन पुगेका एमालेका ८ जना मन्त्रीसँग प्रचण्डले यस्तो आशय व्यक्त गरेका हुन् ।

राजीनामा पत्र बुझ्दै प्रचण्डले ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा कैले कैले, कसैलाई माया गर्नु एउटा भुल गरेँ मैले’ बोलको  फत्तेमान राजभण्डारीको गीतको गीति हरफ सुनाएको राजीनामा दिएका एक निवर्तमान मन्त्रीले जानकारी दिए ।

सो गीत एमालेका अध्यक्ष ओलीलाई लक्षित थियो । ओलीले एकाएक कांग्रेससँग सहकार्य गर्दा मन्त्रीहरुसँग आफ्नो सहकार्य टुटेको भन्दै प्रचण्डले राजीनामा स्वीकृत गर्ने समेत बताएका थिए ।

प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले मन्त्रीहरुको राजीनामा प्रचण्डले सौहार्दपूर्ण वातावरणमा ग्रहण गरेको र सो क्रममा आफू नेतृत्वको मन्त्रिपरिषद्मा रहेर गरेको योगदानका लागि धन्यवाद समेत दिएको जानकारी दिए ।

बालुवाटारमा मन्त्रीहरुसँग लामो संवाद नगरेका प्रचण्डले सो क्रममा आठै जनासँग सामुहिक फोटो भने खिचाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here