ग्लोबल आइएमई बैंक कालिकोटमा पनि

242

काठमाडौं/ ग्लोबल आइएमई बैंकले ‘ सक्षम एक्सेस टु फाइनान्स’ कार्यक्रमको सहकार्यमा कालिकोट जिल्लामा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । कालीकोट जिल्लाको खााडाचक्र नगरपालिका वडा नं २ मा सेवा सुरु गरिएको जनाइएको छ । बैंकका सिनियर रिलेसनसिप म्यानेजर स्वेच्छा राणाले व्यावसायिक प्रतिनिधिलाई मेसिन हस्तान्तरण गरी उक्त सेवाको उद्घाटन गर्नुभयो ।
बैंकले यहाा सुरु गरेको सेवा सञ्चालनका लागि स्थानीय कर्ण वहादुर खत्रीलाई प्रतिनिधि नियुक्त गरेको छ । कालिकोटमा सुरु गरिएको सेवा सहित ग्लोबल आइएमई बैंकको शाखारहित बैंकिङ सेवा संख्या ४६ पुगेको छ । यो सेवामा पैसा जम्मा गर्नेे, भुक्तानी गर्ने, मोबाइल रिर्चाज गर्ने तथा आफ्नो खाताबाट अरुको खातामा पैसा ट्रान्सफर गर्ने लागायतका सुविधा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here