काठमाडौं । एनबी इन्स्योरेन्स र सगरमाथा फाइनान्सले बैंकासुरेन्स सेवासम्बन्धी सम्झौता गरेका छन् । सम्झौतापत्रमा एनबी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र सगरमाथा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत मनवाहिङ राईले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात् फाइनान्सका ग्राहकले फाइनान्सका सबै शाखाबाट एनबी इन्स्योरेन्सका बीमा सेवा पाउनेछन् ।
सम्झौतामा हस्ताक्षर गर्दै एनबी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले फाइनान्ससागको सम्झौताबाट कम्पनीले फाइनान्सका ग्राहकलाई सरल, सहज र चुस्त सेवा प्रदान गर्ने बताए । फाइनान्सका सबै ग्राहकले आफूलाई आवश्यक पर्ने सबै प्रकारका निर्जीवन बीमा सेवा प्राप्त गर्न सक्ने भन्दै उनले सेवा लिनका लागि आग्रहसमेत गरे । सगरमाथाका प्रमुख कार्यकारी अधिकृत राईले एनबी इन्स्योरेन्ससागको सहकार्यले दुवै कम्पनीका सेवाग्राहीलाई सेवा लिन सहज हुने बताएका थिए । यसबाट इन्स्योरेन्स र फाइनान्सको सम्बन्ध सुमधुर भई व्यवसाय विस्तारमा टेवा पुग्ने राईको अपेक्षा छ ।















