साञ्जेन र नागरिक लगानी कोषबीच सम्झौता

145

काठमाडौं/ साञ्जेन जलविद्युत् कम्पनी र नागरिक लगानी कोषबीच सम्झौता भएको छ । सान्जेनले शेयर बिक्री गर्न नागरिक लगानी कोष र सह–निष्कासन तथा बिक्री प्रबन्धक कम्पनी नियुुक्त गर्ने सम्झौता गरेको हो ।
बिहीबार कोष र सह–निष्कासन कम्पनीहरु एन.सी.एम मर्चेन्ट बैंकिङ लिमिटेड, सिभिल क्यापिटल मार्केट लिमिटेड, प्रभु क्यापिटल लिमिटेड, एनएमबी क्यापिटल लिमिटेड तथा ग्लोबल आईएमई क्यापिटलबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सम्झौतामा कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र सहनिस्कासन कम्पनीको तर्फबाट एनसीएम मर्चेन्टका प्रबन्ध सञ्चालक विजयलाल श्रेष्ठ, सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पराग बिष्ट, प्रभु क्यापिटलको तर्फबाट महाप्रबन्धक शंकरप्रसाद कालिकोटे, एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरे र ग्लोबल आईएमई क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले हस्ताक्षर गरेका हुन् । साञ्जेनले पहिलो चरणको शेयर निस्कासनका लागि छुट्टयाइएको समूह ग बमोजिमको ऋण दाता संस्थाका कर्मचारी, संस्थापक शेयरधनी संस्थाका कर्मचारी, समूह घ अन्तर्गतका कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ता कर्मचारीका लागि ८७ लाख ६० हजार कित्ता सेयरका लागि सह–निस्कासन कम्पनीबीच सम्झौता भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here