प्रतिनिधिसभाको बैठक बस्दै

9

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक साेमबार पनि बस्ने भएकाे छ।

आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्री र सांसदबीच संसद्‍मा प्रत्यक्ष प्रश्नोत्तर हुने व्यवस्था छ। प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद ९ बमोजिम प्रधानमन्त्री ओली सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा भाग लिन लागेका हुन्। उक्त परिच्छेदमा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नका लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको पहिलो घण्टा निर्धारण गर्ने व्यवस्था रहेको छ।

आइतबारकाे प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले दुई तिहाइभन्दा बढी विश्वासकाे मत पाएका थिए। मतको पक्षमा १८८ मत परेको थियाे। ओली नेपाली कांग्रेसको समर्थनमा असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।

त्यसैगरी,  आजकाे बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसियाले राष्ट्रिय सभामा उत्पति भएको विधायनसम्बन्धी विधेयक २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीसमेत छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here