सञ्चारमाध्यमलाई नधम्काउन चेतावनी

32

काठमाडौं । प्रेस काउन्सिल नेपालले नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समर्थित विद्यार्थी संगठनलाई सञ्चारकर्मी र सञ्चारमाध्यमलाई नधम्काउन चेतावनी दिएको छ । उक्त संगठनकको सचिवालय सचिव भनिएका कपिल सीले फोन गरेर ज्यान मार्ने र पत्रिकाको कार्यालयसमेत ‘बम हानेर उडाइदिने’ धम्की दिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त चेतावनी दिइएको हो ।

काउन्सिलले जनआस्था कार्यालयको स्थलगत अवलोकन भ्रमणपछि जारी गरेको विज्ञप्तिमा विप्लव कार्यकर्ता कपिलले मोबाइलबाट गालीगलौज गर्दै जनआस्था साप्ताहिकका सम्पादक तथा काउन्सिलका पूर्व अध्यक्ष किशोर श्रेष्ठलाई ज्यान मार्ने धम्की दिएको उल्लेख छ । लेखिएको छ, ‘जनआस्था सम्पादकको परिवार र दिवङ्गत आमालाई समेत अपमानित हुने शब्द प्रयोग गरेको अडियो पाइयो । आफ्नो कार्यालयमा कार्यरत पूर्व कर्मचारी र अर्का एक कर्मचारीको सन्दर्भमा निजले त्यस्तो धम्की दिएको र सङ्गठनको एक समूह पेस्तोलसहित जनआस्थाको कार्यालयमा पुगेर चार घण्टासम्म तनाव दिएको अवलोकनका क्रममा बुझियोे ।’

हातहतियारसहित सञ्चार गृहमा प्रवेश गर्ने,धरपकड गर्ने र सम्पादकलाई धम्क्याउने कार्य निन्दनीय भएको काउन्सिलको ठहर छ । संविधान र कानुन प्रदत्त स्वतन्त्र र निर्वाध ढङ्गले सञ्चारकर्म गर्न पाउने हक हनन् गर्दै सम्पादक श्रेष्ठमाथि गरिएको आक्रमणप्रति प्रेस काउन्सिलले आपत्ति प्रकट गरेको छ । प्रवक्ता दिपक खनालले जारी गरेको विज्ञप्तिमा काउन्सिल पत्रकारलाई धम्क्याउने, ज्यान मार्ने धम्की दिने,सञ्चार गृहमा हातहतियारसहित प्रवेश गरेर आतङ्कित पार्ने कार्य गर्ने व्यक्ति वा समूहलाई कारबाही गर्न सरकार तथा सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराइएको छ ।

451362640 805407194713556 6153990163869248040 n 4FK69R6Rrw

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here