, चितवन । भरतपुर महानगरपालिका-१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ ।
नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो । उनी तनहुँ भानु नगरपालिका-१२ का स्थायी बासिन्दा हुन् ।
मंगलबार राति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेका उनीहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।


















