कुवेतबाट पाँच जनाकाे उद्धार जारी

32

काठमाडाैं ।  कुवेतमा अलपत्र परेका चार जना नेपालीको उद्धार गर्न सफल भएकाे छ भने बाँकी  जना नेपाली श्रमिककाे उद्धार कार्य जारी रहेकाेछ ।

एजेन्टले कुवेत पुर्‍याएर करिब चार महिनादेखि अलपत्र पारेका उनीहरूको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति एवं पूर्व  खानेपानी मन्त्री अब्दुल खानको पहलमा उद्धार गर्न सफल भएकाे हाे ।
नवलपरासी घर भएका नौ जना मध्य चार जनालाई उद्धार गरी नेपाल फिर्ता ल्याइएको पूर्व मन्त्री खानका स्वकीय सचिव इन्जिनियर अतिउल्लाह मुसलमान (अश्मिर)ले जानकारी गराए । यसका साथै अन्य पाँच जनाको उद्धार  लागि पहल भइरहेको मुसलमानले जानकारी गराए  ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here