सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएका त्रुटि सच्च्याएर पारित गर्न आग्रह

33

काठमाडौं ।  जवाफदेहिता निगरानी समितिले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएका त्रुटि सच्च्याएर पारित गर्न आग्रह गरेको छ ।

समितिका संयोजक राजुप्रसाद चापागाईँले आज जारी गरेको प्रेस विज्ञप्तिमा सङ्क्रमणकालीन न्याय प्रक्रियालाई टुङ्गोमा पुर्याउन तीन प्रमुख दल एक ठाउँमा उभिनु सकारात्मक भएपनि विधेयकका केही त्रुटि सच्च्याउनुपर्नेमा जोड दिएका छन्।

कानुन, न्याय तथा मानवअधिकार समितिले उल्लङ्घनको परिभाषा र वर्गीकरण तथा सजाय घटाई अभियोजनलगायत विषय संशोधन गर्नुपर्ने समितिको माग छ ।अपराधको गाम्भीर्य बढाउने र घटाउने अवस्थाको स्वतन्त्र न्यायिक मूल्याङ्कन गरी सजाय निर्धारण गर्न सक्ने अधिकार अदालतलाई दिने गरी विधेयकमा भएको व्यवस्थालाई समितिले तोडमोड गरेको समितिले जनाएको छ ।

सङ्क्रमणकालीन न्याय प्रक्रियालाई सहज रुपमा टुङ्ग्याउन यसप्रति चासो राख्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समूहलाई सघाउन निगरानी समितिले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here