
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली कांग्रेस र नेकपा एमालेका शीर्षबीच भएको सहमतिले समस्या समाधान नहुने जनाएका छन् ।
‘स्कुल अफ डेमोक्रसी’ नामक एक संस्थाले नेपाली कांग्रेसका प्रदीप गिरिको दोस्रो स्मृति दिवसको अवसरमा मंगलबार आयोजना गरेको ‘निष्ठा, नैतिकता र राजनीति’ विषयक संवाद कार्यक्रममा उनले यस्तो जनाएका हुन् ।
‘तर मध्यरातमा गएर दुईवटा नेताले कागजमा सही गरेर हुन सक्नेवाला छैन,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले भने, ‘त्यो गर्नुपर्ने हो भने खुला बहस गरौँ ।’ उनले जनता र देशका निम्ति समर्पित भएर रूपान्तर हुन नसक्नेले अरूलाई रूपान्तरण गर भन्ने हक नराख्ने जनाए ।
‘जबसम्म हामी जनता र देशका निम्ति समर्पित भएर अघि बढ्न सक्दैनौँ’, अध्यक्ष नेपालले भने, ‘हामी त्यो अनुरुप रूपान्तर हुँदैनौँ भने अरूलाई पनि रूपान्तरण गर भन्ने हक राख्दैनौँ ।’
नेपाली राजनीतिमा निष्ठा, नैतिकता र स्वच्छताको अभाव भएको बताए । नेपालका दलका नेतामा निष्ठा, नैतिकता र स्वच्छ आचरण जरुरी रहेको उनले जनाए।















