काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको म्याद थपिएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकले समितिको म्याद १५ दिन थप गरेको हो ।
समितिका सभापति सूर्यबहादुर थापाले राखेको समितिको म्याद १५ दिन थप्ने प्रस्ताव बैठकले स्वीकृत गरेको हो । गएको जेठ १५ गते ७ सदस्यीय समिति गठन गरेको थियो । जेठ २३ गते पहिलो बैठक बसेको थियो । तीनमहिने म्याद आगामी भदौ २२ गते सकिन लागेकाले म्याद थप गरिएको हो ।


















