काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाना पकाउने ग्यासलाई औद्योगिक र घरायसी प्रयोजनमा छुट्याएर फरक मूल्य कायम गर्ने काम माघभित्र कार्यान्वयनमा ल्याउने घोषणा गरेका छन् ।
हाल सरकारले खाना पकाउने ग्यासमा एकमुष्ट अनुदान दिइरहेको छ । जसबापत वार्षिक ११ अर्ब रुपैयाँ हाराहारी अनुदानमा खर्च भइरहेको मन्त्री भण्डारीले जानकारी दिए ।
अनुदान घरायसी प्रयोजनमा मात्र सीमित गर्ने हो भने खर्च ९ अर्ब रुपैयाँले बच्ने देखिएको उनले जानकारी दिए । बरु, घरायसी प्रयोजनमा दिएको अनुदान अझै बढाउन सकिने देखिएको समेत उनको भनाइ छ । यसले आमजनतालाई सहुलियत दिने तयारी रहेको उनले जनाए।


















