सहकारी ठगीमा पक्राउ परेकी लीला पछाइ छुटिन्

51

पोखरा। सहकारी ठगीमा पक्राउ परेकी लीला पछाइ छुटेकी छिन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेकी लिला पछाईं ३७ लाख धरौटी बुझाएर आज छुटेकी हुन ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित उनलालाई पनि बिहीबार धरौटीमा छोड्न आदेश दिएको थियो ।

अन्य ६ जना आरोपी बिहीबार नै धरौटी बुझाएर रिहा भए पनि लीलाले भने बुझाउन नसके पछि हिरासतमा रहेकी थिइन् । तर, आज धरौटीमा बुझाएर उनी रिहा भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here