किम जोङको शासनमा कसै पनि छूट छैन

32

प्योङयाङ । उत्तर कोरियामा गल्ती वा लापरबाहीको कुनै गुञ्जाइस छैन। अधिकारी हुन् वा सर्वसाधारण किम जोङ उनको शासनमा कसैलाई पनि छूट दिइँदैन।

कहिलेकाहीँ त मान्छेले आफूले नगरेको गल्तीका लागि समेत कठोर सजाय पाउँछ। उत्तर कोरियामा हालै ३० जना अधिकारीलाई एकैसाथ मृत्युदण्ड दिइएको विभिन्न सञ्चारमाध्यमहरूले दाबी गरेका छन्।

बाढीले गरेको विनाश रोक्न नसक्नु नै उनीहरूको अक्षम्य गल्ती भयो। तर ती अधिकारीहरूमाथि भ्रष्टाचारको आरोप पनि लागेको बताइएको छ। बाढीका कारण भएको विनाश देखेर किम यसरी भड्किए कि उनले ३० जना अधिकारीलाई एकै ठाउँमा झुन्ड्याए।

न्यूयोर्क पोस्टमा छापिएको खबरअनुसार किमले बाढी प्रभावित क्षेत्रको भ्रमण पनि गरेका थिए। बाढीको वितण्डा देखेर उनी रिसले आगो भए।

बाढीमा परेर ४ हजार मानिसको ज्यान गएपछि उनी दुःखी बनेका थिए। बाढीमा लापरबाही गरेको आरोपमा मिले तत्कालै ३० जना अधिकारीलाई फाँसी दिए। तर, हालसम्म उत्तर कोरियाले मृत्युदण्डको सजाय सुनाएको पुष्टि भने भएको छैन।

न्युयोर्क पोस्टको रिपोर्टका अनुसार उत्तर कोरियाको केन्द्रीय समाचार एजेन्सीले यसअघि जुलाईमा चागाङ प्रान्तमा आएको विनाशकारी बाढीपछि किमले अधिकारीहरूलाई कडा सजाय दिने आदेश दिएको बताएको थियो। यो बाढीमा झण्डै ४ हजार मानिसले ज्यान गुमाएका थिए भने १५ हजारभन्दा बढी घरबारविहीन भएका थिए।

उत्तर कोरियामा फाँसी दिइएका अधिकारीहरूको पहिचान खुलाइएको छैन। तर केही समाचारका अनुसार बाढी प्रकोपको समयमा आपत्कालीन बैठकमा बर्खास्त गरिएका अधिकारीहरूमा चागाङ्ग प्रान्तको प्रान्तको पार्टी समितिका सचिव काङ बोङ–हुन पनि थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here