घरायसी विवादको क्रममा श्रीमतीको हत्या

36

वीरगञ्ज । घरायसी विवादको क्रममा खुर्पा प्रहार गरी बारामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्।

मंगलबार राति पौने आठ बजेको समयमा निजगढ नगरपालिका- ९ बस्नेत विमलकुमार बस्नेतले आफ्नी श्रीमती लक्ष्मी राईको हत्या गरेका हुन्।

राति रक्सी खाएर घर आएको क्रममा श्रीमान श्रीमतीबीच वाइफाइको पैसा तिर्ने कुरालाई लिएर विवाद भएको थियो। बाराका प्रहरी प्रबक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार वाइफाइको रिचार्ज गर्न पैसा नभएको रक्सी खान कहाँबाट पैसा आयो भनी लक्ष्मीले प्रश्न गरेपछि विमलले खुर्पा प्रहार गरी हत्या गरेका हुन्।

सो विवाद छुट्टाउन गएका दुई जना छोरीहरूमाथि पनि विमलले प्रहार गरे। सो क्रममा १८ वर्षीया गंगा र १५ वर्षीया छोरी जमुना घाइते भएका छन्। घाइतेमध्ये जमुनालाई वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचार पछि थप उपचारको लागि काठमाडौं पठाइएको तथा उनको अवस्था गम्भीर रहेको सापकोटाले जनाए।

खुर्पा प्रहार गर्ने विमललाई पक्राउ गरी घटनाको बारेमा थप अनुसन्धान अघि बढाइएको उनले जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here