– प्रशान्त महासागर
हामी मनुष्य हौं । हाम्रो बुद्धि ज्ञान बनी कार्यन्वयन हुनुपर्छ । बेलाबेला पुर्खाले आशिष यसरी दिने गर्छन् । हामीले सुनेपनि नसुने झै गरि हिड्छौं । कारण हामी असन्तुष्ट अहमी प्राणी हौं । हाल हामी मान्छे भनी चिनिएका छौं । यहाँ मैले मान्छे भनेको सार मनमा घर अर्थात छेँ भएको सर्वश्रेष्ठ प्राणी, उसले क्षेत्रलाई अहिले जात मानेको अवस्था छ जबकी मनुष्य कालो भएपनि गोरो भएपनि चिनिने बुद्धि र विचारले हो । तर हामीमा ती ह्रास अवस्थामा, देखा परेको छ । आफू बाहेक अन्य कुरा गर्न नजानेको रैथाने विचारले राष्ट्रिय सोच बनाउन नसक्नु अर्को जातीय कुरा हुन् । सिदार्थ स्वयमले पनि बुद्धत्व हासिल नगरेको भए क्षेत्रको हिसाब ऊ थारु जातको हुनेथियो । तराइमा बस्ने मानिस भन्न छोडी मधेसी भन्ने शब्दले सुचिकृत गर्छौं । यो हामीले आफुलाई मनुष्य मान्न नसकेर मान्छे हुँ भनिएको सार मात्र हो ।
हिजोका दिनमा हामीले अनेक भ्रष्टाचार एवम् बेथितिहरु देख्यौं । नगरका प्रमुखहरू पार्टीका झोलेहरु नै हुन् र तिनीहरूको कार्यविधि नै आफ्ना समर्थक पाल्ने र बजेटलाई असारको हिलो बनाउने खर्चलाई विकास मान्ने बाहेक कुनै शक्ति नगरप्रमुखमा हुन्न भन्ने यथार्थता मान्दै राजनीति कुहिएको आलु मान्दै बसेका थियौं । तर जब २०७९ चुनावमा गेम ओभर भो महानगर दुई युवा नै आए । धरानमा हर्क र धनगढीमा बिरेन्द्रहरुको पनि उदय भए । एक आशाको झिनो कुनै टुकि बले झै अन्ध्यारोमा राहत मिलेको छ । तर त्यसलाई राज्यले आफ्नो विरोधीको रुपमा जनतामा पस्किईयो भने जनता जो यो देशका नागरिक नभईकन ग्राहकमा सिमित छन् तिनीहरू अझै आफ्नो सोचबाट मान्छेत्वबाट बाहिरिन सकेका छैन् । कस्तुरीले आफ्नो सुगन्ध बिर्सिए झै आफ्ना हातहतियार सबै सोचबुद्धी राज्यलाई सुम्पेर परिवर्तन र स्वतन्त्र सुख आशमा कैदी बनिएको छ । प्रत्येक पहल व्यवस्था परिवर्तन मात्र राजनीति मानेर गुलाम बनेको अवस्थामा पाइएका झिनो झिल्का नै आँखा खराब गर्ने उज्याला हुन्, हेर्नुहुन्न अभियान चल्न थाले ।
राज्यले जुधाउन गरिएका कतिपय प्रहसनहरु आम रैथाने त्यसलाई सत्य मान्न भ्रष्टाचार जयकारमा शरीर लास बन्न हुत्तिएका छन् । न्यायोचित विचार गर्नै छोडी टुकिले दिएको उज्यालो, लोडसेडिङ काम छैन् विचारमा लागी परे । हुन त म सत्य विचारको गुलाम हुँ । मलाई झोले पनि भन्छ होला तर अन्धकासुर चाहिँ होईन् । धृतराष्ट्रलाई गान्धारीले दिने साथ जस्तो पनि होईन् भने पुत्रमोह त्याग्न नसकेर पतिलाई दिएको वचन तोड्ने रगत पनि मसँग छैन् । राम्रो काम शत्रुले गरेपनि तारिफ गरिरहन्छु । यो मेरो अन्धभक्त विरुद्धको कमजोरी हो । सिद्धान्त व्यवहारिक बनाउन सक्नुपर्छ व्यवहारिक हुनुपर्छ मैले बुझेको यति नै हो ।
र मैले बुझेकै धरातलबाट अरुलाई बुझाउन खोज्दा म गलत हुन्छु कारण जस्ले मलाई बुझेको छ त्यसलाई बुझाउनु पर्दैन् भने जस्ले बुझ्न चाहदैनन् उसलाई हाडछाला घोटेर खुवाए पनि खाए भन्दै त्यो भने आफू बाहेक अब अरु यहाँ कुनै ढुङ्गा मुर्ति बन्दैन् भन्नू नै हो भने मनुष्यबाट यात्रा गरेको प्राणी अहिले मान्छेमा रुपान्तरित भई सकेको अवस्था छ । यस्तोमा राज्यको बेथिति विरुद्ध बोल्ने आवाज बालेनको हो भन्दा कसैले पत्याउँदैनन् । विशेषगरी काठमाडौमा आफुहरुलाई रैथाने मान्ने, राजनैतिक गुलामहरुले सर्वप्रथम त बालेन एक मस्या अर्थात क्षेत्रगत हिसाबले मधेसी मान्छन् । किनभने केही वर्ष अगाडि उसले यहाँ जन्म पाए त्यो नाताले ऊ नेवा: होईन् मधेसमा उसको सम्पत्ति त्यता छ ऊ त्यतैको जबकी काठमाडौ उपत्यका दह हो सबैले मानेका छन् । अब क्षेत्रगत राजनीतिले वर्ग जन्माउनेहरुले कि उपत्यका दह कहिल्यै होईन् भन्नुपर्यो एउटा कुरा अर्को यदि दह हो भने रैथाने कसरी भो ? साधारण अर्थमा अर्को यहाँ पानी सुक्दै जाँदा क्षेत्रलाई वर्ग मान्नेहरुले माटोभित्रबाटै तिनीहरू फुत्त फुत्त निस्केको हो भन्नुपर्यो । होईन् सत्य स्विकार्न गाह्रो छ भने आफ्नो इतिहास जन्म कहाँ त्यसमा विवाद किन ? मनुष्यलाई चिन्ने र बुझ्ने उसको विचार हो । स्विकार्न सकिँदैन भने आफ्नो खोज्नुपर्छ त्यति त अवश्य बुझ्नुपर्छ । राम्रो गर्नेलाई राम्रो मान्नुपर्छ । यदि त्यति पनि सहने वा गर्ने क्षमता छैन् भने गलतको आडमा गलत भन्ने राजनीति नगर्दा सन्ततीले सुख पाउँछ । यो कुरा याद गर्नुस् । जीवनमा आज हामी बेथिति भो त्यो बेथिति भन्दै लडेको २००७ सालपछी २०८१ सम्म दिन गन्ती संघर्षकै मान्ने हो भनेपनि ७४ वर्ष बितेको छ । एक युग त हामीले गलतलाई गलत भन्दै सकाएका छौं जसमा एक वर्ष सहि कुनैलाई भनेनौं । एक शासनकाल सहि भन्ने सहि विचार अब हामीमा छैन् । अत: आज खोलानाला सफा भएपनि, फुटपाथ पसले पार्किङ हटेपनी, सुशासनको अनुभूति भएपनि, भूमाफियाहरुले अवैध संरचना कब्जाबाट मुक्त गरिए तापनि, शिक्षाभित्र माफियाहरुले भाडा दलाली गरे वापत्त छुटकारा दिलाए पनि, खोला छोप्नेहरु विरुद्ध प्रमुख बालेन स्वयम् लाग्दा पनि सहि भन्न सक्ने मनस्थिति बनाउन सकिएनन् ।
महानगरले गर्नुपर्ने सेवाहरु बापत विगत जिल्लामा एम्बुलेन्सहरु दान गर्न खोज्दा रोक्ने सरकार विरुद्ध बोल्ने साथ हामीसँग छैनन्, किन ? के अस्पतालहरुमा स्वास्थ्य सेवा सस्तो सुलभ बनाउनुका साथै गरिबलाई नि:शुल्क दिईएको उपचारहरु कुनै राजनैतिकको पार्टीको सिफारिसमा किन्नुपर्ने थियो ? बेड नपाएर छट्पटीमा उपचार नपाएरै मर्नु पर्ने नेपाली ग्राहकहरुले उपचार पाउने आश पाउनु साँच्चिकै महानगरपालिका प्रमुख बालेनको अपराध नै हो र ? यदि रैथानेहरुलाई यस्तै यस्तै अन्य अन्य कुराहरू अपराध नै लाग्छ भने “बालेन चोर, देश छोड” पनि नारा लगाए हुन्छ त्यति मात्र किन बाँकी राख्ने ?
बालेनको दोष :
१. राज्यले गर्दा बजेट कार्यकर्तालाई बाँड्न सकेनन् । खर्च देखिए ।
२. अरुले रेल चलाउने पानी जहाजको सपना देखाए तर आवश्यक भएपनि इन्जिनियरको नाताले सम्भब छैन् खर्च भ्याउँदैन् भने ।
३. राज्य विरुद्ध बोले ।
४. सिङ्गापुर जस्तो होईन् हाम्रै भक्तपुर जस्तो बनाउनुपर्छ विचार दिए” म पनि नेवा: सभ्यताकै हिस्सा हुँ” भने मधेसी कहाँ बन्न पाईन्छ पो हामीले सोच्यौं कि ?
५. गुठि पर्व जात्रा अनेकमा सहयोग गर्नु मिडियाबाजी भए ।
अन्य अन्य धेरै कुराहरु छन् ।
अन्तमा, हामी नेवा: सभ्यता वास्तविक अर्थमा भन्ने हो भने नेता चाहिदैन् । तर समयले परिस्थितिले त्यो चाहिंदैन् भन्दै अगाडि बढ्दै जाँदा हामी रैथाने यहाँका गुलाम प्रजतिका जीव बने हिजो जसरी रातोकालो बर्णको मनुष्य इतिहासमा गुलाम बनेका थिए जबकी तिनीहरू त्यही भूमिका रैथाने हुन् । हाम्रो पुर्खा जन्म कहाँ होला त्यो खोज बाँकी नै छ तरपनि पानीले आफ्नो बाटो नापेपछी सुख्खा भूमी बन्दै गएपछि कहिंबाट आई बस्न सिकेपछिका दिन देखि हामी यहाँका रैथाने हौं । दौडमा पहिलो भएको सभ्यता अनुरुप इतिहास हाम्रो हुनसक्छ । खोज्यो भने सायद अरु कुनै त्यताको बाटो नहिडौं । यहाँ बस्ने अर्थात यहाँको जल, जमिन र जङ्गल प्रयोग गर्ने सबै नेवा: सभ्यता हुन् । त्यो नेवा: सभ्यतामा बालेन पनि पर्छ । क्षेत्रगत हिसाब मधेसी भएपनि जात सभ्यतामा नेवा: हो । नेवा: सभ्यता बालेनलाई संविधानले नमानेको भए चुनावमा उठ्न पाउँदैन्थ्यो भने प्रमुख जित्ने थिएनन् । अब ऊ नेवा: हो । उसका गतिविधि सबै नेवा: सभ्यताकै लागि हुन् जुन रोक्न राज्य सरकारले अनेकन जालझेल गर्दैछन् त्यसको प्रतिकार विरुद्ध बालेन उभिएको हो । उसको यहाँ सभ्यता मन पर्नु र यहाँ भई रहेको बेथिति विरुद्ध आक्रोश थियो त्यही अनुरुप अगाडि सरेको व्यक्ति हो । उसले बोल्ने हाम्रै बोली हुन् भाषा फरक होला, सुनाउन आवश्यक भाषा बोल्दा त्यसको मर्म अर्को हुन्न यो हामीले मान्नुपर्छ भने होईन् नेपाल भाषाबाटै बोल्नुपर्छ हामीले भन्नू मुर्खता हुनेछ । वडा वडामा भै रहेको बेथिति विरुद्ध आगो ओकल्नु सुधारको लागि हो भने हाम्रै तपोभूमी जुन हाम्रा स्वार्थले अर्कै भए त्यो हुनु भएन् भनिएको सारलाई अर्थमा बुन्नु हामीले यो देश नागरिक कहिल्यै हुनसक्दैनौं । हामीलाई राज्यले ग्राहक मानेका छन् त्यसबाट मुक्ती पाउन गुञ्जिएको स्वर बालेन हो । बालेनले आफ्नो स्वरमा यहाँका रैथानेको अझभनौं देशकै पीडा पोखेका हुन् । यसमा हामी सफल र सक्षम हुँन्छौं भने उदाहरण २०८१ तालिम हो । बालेनको स्वरमा आवाज हामीले थप्नुपर्छ । राज्यले रैथानेलाई हेप्ने कुरा बुझ्नुपर्छ । बालेनले हामी गुलाम होईन् शासक बन्न मद्दत गर्नेछ । नेवा: सभ्यतामा नेवा: नेता नेवा:कै लागि जन्माउने योजना बालेनकै हो ।


















