काठमाडौं । टोखा नगरपालिका-२ टोखा बजार नजिकै गहना पोखरीमा डुबेर सोही नगरपालिका-८ जाल्पा चोक बस्ने बारा जितपुर सिमरा उपमहानगरपालिका-३ घर भएका दुर्गा सहनीकी छोरी ४ वर्षीया गुँरास सहनीको आइतबार राति मृत्यु भएको छ ।
सिराहा, लक्ष्मीपुर पतारी गाउँपालिका-३ बस्ने अरबिन्द्र कुमार मण्डलको छोरा साढे २ वर्षीय अंश कुमार मण्डलको घर नजिकै रहेको पोखरीमा डुबेर आइतबार बेलुकी मृत्यु भएको छ । डुबेर अशक्त भएका उनको पतारी बजारस्थित फाष्ट केयर पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ चाईना क्वार्टर बस्ने ४९ वर्षीय दिपक कार्कीको राप्ती खोलाले बगाएर आइतबार दिउँसो मृत्यु भएको छ । खोलाले बगाउँदा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















