पर्यटन विकास प्रवर्द्धनमा दिगो सहकार्यको अपेक्षा : पर्यटनमन्त्री पाण्डे

45

बाजुरा । ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको शुभकामना सन्देश नेपालको तुलनात्मक लाभको रूपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा यहाँहरूको दिगो साथ, सहयोग र सहकार्यको अपेक्षा गर्दछु।

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सिंहदरबार, काठमाडौं, नेपाल  ४५ औं विश्व पर्यटन दिवसको शुभकामना ‘पर्यटन र शान्ति’ को नाराका साथ आज विश्व पर्यटन दिवस पर्यटन क्षेत्रका सरोकारवाला निकायहरू सँगको सहकार्यमा पर्यटन सम्बन्धी कार्यक्रमहरूको आयोजनाका साथ मनाइँदैछ। नेपाल प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरूले शोभायमान छ। हाम्रो संस्कृति, प्रकृति, सम्पदा र इतिहासलाई पर्यटकीय गतिविधिसँग आवद्ध गर्दै नेपाललाई विश्वमा उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न आवश्यक छ ।

पर्यटकलाई नेपालमा आकर्षित गरी उनीहरूको सुखद भ्रमणको अनुभूति हुने वातावरण सिर्जना गर्नु हामी सबैको कर्तव्य हो।

विश्वव्यापी कोभिड -१९ महामारीले नेपालको पर्यटन क्षेत्रलाई गम्भीर असर पुयाए पश्चात् नेपालमा पर्यटकको सङ्ख्या सन् १९७७ पछिको सबैभन्दा न्यून अवस्थामा पुग्ने दुःखद अवस्था सिर्जना भएको थियो । तथापि, नेपालले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि लिएका नीति, कार्यक्रम तथा प्रयासको परिणाम स्वरूप सन् २०२३ मा नेपाल भ्रमण गर्ने पर्यटकको सङ्ख्या १० लाख १४ हजार र सन् २०२४ को पहिलो महिनामा ७ लाख २२ हजार पुग्नुले यस क्षेत्रमा उत्साहको अवस्था सिर्जना भएको छ । पर्यटनको एक महत्त्वपूर्ण पूर्वाधार हवाई यातायातका लागि नेपाली आकाशलाई सुरक्षित र विश्वसनीय बनाउन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार हवाई सुरक्षा सुधारका नीतिगत र संरचनागत कामहरू अघि बढाइएका छन्। यस बीचमा नयाँ पर्यटन नीति र ऐन तथा नयाँ संस्कृति नीति तर्जुमा गर्ने कार्य अगाडि बढाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here