‘ग्रेट हिमालयन ट्रेल तल्लो खण्ड’ को पदयात्रा सम्बन्धी वृत्तचित्र

40

 

छोटो समयमै यात्रा पार गर्न, पदयात्रा गर्न चाहने पदयात्रीलाई आकर्षित गर्न, सो रुटमा पर्ने स्थानीयको जनजीविकाको अवस्था अध्ययन अनुसन्धान गर्न, सहज रुट पहिचान गर्न, साथै वृत्तचित्र निर्माण गरेर अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा गर्नुभएको थियो। वृत्तचित्र निर्माता राजन बिनाएक पासाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर, विशेष अतिथि पर्वतारोही माया गुरुङ, ग्रामीण पर्यटनविद् प्रा. डा प्रेम शर्मा, म्याग्दी मालिका गाउँपालिका प्रमुख बेग प्रसाद गर्बुजा, पर्यटनविद् भरतप्रसाद बडाल लगायत पर्यटन व्यावसायिक तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा राना मगरले शिक्षक पेशामा रहेर केही गरौँ भन्ने हुटहुटीले गरेको महान् पदयात्राको लागी प्रशंसा गर्दै फेरि पनि यस्ता काम निरन्तरता दिन आग्रह गर्नुभएको थियो। पर्वतारोही माया गुरुङले राज्यले गर्नुपर्ने काम व्यक्तिले आफ्नै खर्चमा गर्दा पनि राज्यले बेवास्ता गरेकोमा दुखेसो गर्दै राज्यले पर्यटनसँग सम्बन्धित काम गर्दा पर्यटन विज्ञसँग मिलेर काम गरे फलदायी हुने बिचार राख्नुभयो। प्रा. डा प्रेम शर्माले २१ औ शताब्दीमा शिक्षण पेसा व्यावहारिक बनाउनु पर्ने जनाउँदै यस्ता वृत्तचित्रले नयाँ पुस्तामा आकर्षण बढ्ने बताउनु भएको थियो। कार्यक्रममा पदयात्री लिला बहादुर विश्वकर्माले पदयात्राको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा बोल्दै पदयात्री तथा वृत्तचित्र निर्माता डा राजन बिनाएक पासाले सम्पूर्ण आतिथिलाई मौसमको विषमता हुँदाहुँदै पनि आउनुभएका सम्पूर्ण दर्शक तथा अतिथिहरुलाई स्वागत तथा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै कामलाई निरन्तरता दिने बताउनु भएको थियो। कार्यक्रमको सञ्चालन दुर्गाराज पाण्डेले गर्नुभएको थियो। यो साहसिक पदयात्रा सम्बन्धी वृत्तचित्र  rajan binayek pasa Youtube Channel मार्फत हेर्न सकिन्छ।

भिडियाे तल उपलब्ध छ:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here