मनकामना केबलकार तीन दिन बन्द हुने

45

चितवन । मनकामना केबलकार आजदेखि तीन दिन बन्द हुने भएको छ ।

मर्मत सम्भारका लागि मंगलबार, बुधबा र बिहीबार तीन दिन केबलकार बन्द गर्न लागिएको हो ।

नवमी, महादशमी र एकादशीका दिन बन्द रहेको केबलकार द्वादशीका दिन सोमबार भने सञ्चालन गरिएको छ ।

दशैंको टीका लगाउन गएकाहरुलाई आवत जावत गर्न सहज होस् भनेर सोमबार एक दिनका लागि खुलाइएको गर्न केबकार सन्चालक संस्था मनकामना दर्शन प्रा.लि. ले जनाएको छ ।

मनकामना केबलकारको सेवा हालै मात्र डिजिटलाइज्ड गरिएको छ । कात्तिक २ गतेदेखि सेवा सुरु गरिने मनकामना दर्शन प्रा।लि।ले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here