मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियामाथि गोलको वर्षा

50

काठमाडौं । लियोनल मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाले बोलिभियामाथि गोलको वर्षा गरेको छ । फिफा विश्वकप–२०२६ को दक्षिण अमेरिकी छनोटको खेलमा मेस्सीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले बोलिभियालाई ६–० गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा मेस्सीले खेलको १९औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

खेलको ४३औं मिनेटमा लाउटारो मार्टिनेटले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । पहिलो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई ३–० को अग्रता दिलाएका थिए । पहिलो हाफमा ३–० को अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

खेलको ६९औं मिनेटमा थियागो अल्माडाले गोल गर्दै अर्जेन्टिनाको अग्रता ४–० को स्थितिमा पुर्‍याए । त्यसपछि खेलको ८४औँ मिनेटमा कप्तान मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गरे ।  त्यसको दुई मिनेटपछि खेलको ८६औं मिनेट गोल गर्दै मेस्सीले ह्याट्रिक पूरा गरेका थिए ।

बाँकी समयमा गोल हुन नसकेपछि खेल अर्जेन्टिनाले ६–० गोलअन्तरले जितेको हो । जितसँगै अर्जेन्टिना विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोट तालिकाको शीर्ष स्थानमा छ । १० खेलमा ७ जित निकालेको अर्जेन्टिनाको २२ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here