काठमाडौं । डिलाईटेड म्युजिक इष्डष्ट्रिजले परम्परागत शैलीको देउसी गीत तिहारको रमाइलो म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
गीतमा गीतकार डा.डी.पी दाहाल परिश्रमीको रचनामा, डि.पि दाहाल र सबिन लिम्बुको सङ्गीत, सबिन लिम्बु, रोजिना बस्नेत र डिपि दाहालकै आवाज छ ।
रिता सिम्खडा दाहालको प्रस्तुती रहेको सो गीतको म्युजिक भिडियोलाई अहिलेका चिरपरिचत निर्देशक कृष्णदेब रुपाखेतीले निर्देशन गर्नुभएको हो । गीतमा रावल बराईलीको कोरीयोग्राफी, ज्ञानेन्द्र शर्माको छायांकन तथा स्मारीका ढकाल, सुरेश कोइल लगायतको अभिनय रहेको छ ।


















