तिहारमा हल्का वर्षा हुने पुर्वानुमान

31
काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहारमा हल्का वर्षा हुने पुर्वानुमान गरेको छ।

बुधबार तिहार विशेष बुलेटिन निकालेर चतुर्दशी (१५ गते), औंसी (१६ गते), प्रतिपदा (१७ गते) र द्वितीया (१८ गते) का दिनहरूमा देशको कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशहरूका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको हो।

महाशाखाले जनाए अनुसार बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।  देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

‘साे दिनहरूमा अधिकांश स्थानहरूमा अधिकतम तथा न्यूनतम तापक्रम घट्दो क्रममा रहने सम्भावना देखिन्छ। यस मौसम पूर्वानुमान महाशाखाबाट जारी गरिने तीनदिने मौसम पूर्वानुमान बुलेटिनमा मौसमसम्बन्धी अद्यावधिक जानकारी हुने भएकोले महाशाखाको वेबसाइट हेर्न हुन समेत अनुरोध छ,’ महाशाखाले भनेको छ।

GbHppFEXIAArGoG-1730276484.png

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here