लामिछानेको रिट निवेदन पेसी जेठ १७ गते तोकियाे

26

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अदालतमा मुद्दा हाल्नु  र मुद्दा  हाल्ने उद्योग चलाउनु दुई अलग कुरा रहेको बताएका छन्।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले मान्छेलाई इरिटेट गर्ने पनि सीमा हुने बताएका हुन्।

आफ्नो नागरिकता प्रकरणको विषयमा सर्वोच्च अदालतको  मिति २०७९/१०/१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य कन्फर्म गरिसकेको उनले बताए।

‘अमेरिकी नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौंमा पेस गरी नेपाली नागरिकता पुन कायम गराएको छु’, उनले लेखेका छन्, ‘अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/ ०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण  बुझाइसकेको थिएं। टेलीभिजनबाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएँ।’

लामिछानेले घण्टीलाई बजाउन मात्र होइन घण्टीले बजाउन पनि मिल्ने लेखेका छन्।

युवराज पौडेलले सभापति लामिछानेको सांसद पद खारेजीको माग गर्दै दायर गरेको रिट निवेदन बुधबार सर्वोच्च अदालतमा दर्ता भएको थियो।  उक्त रिट निवेदनको पेसी जेठ १७ गते तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here