अखिल नेपाल किसान महासंघकाे चङ्गा उडाउने प्रतियोगिता सम्पन्न

13

काठमाडौं ।  अखिल नेपाल किसान महासंघ काठमाडौं महानगरपालिका कमिटीले स्वयम्भू भुँइखेलकाे आयाेजनामा चङ्गा उडाउने प्रतियोगिता-२०८१  कार्तिक १० गते शनिवार सम्पन्न भएकाे छ।

सम्पदा संरक्षण र स्वदेशी उत्पादन प्रयोगमा ल्याउनुपर्ने मुल उदेश्यका साथ भएकाे कार्यक्रममा  लगभग १० फिटको चङ्गा उडाएर, पानसमा बत्ती बाली र धनुस बहानले बेलुनलाई फुटाएर   प्रमुख अतिथि नेकपा (एमाले) उपाध्यक्ष अष्टलक्ष्मी शाक्यद्वारा चङ्गा उडाउने प्रतियोगिता-२०८१ को उद्घाटन गर्नुभएको थियो। उहाँले चङ्गा र दशैं नङ्ग र मासु जस्तै सम्बन्ध रहेको र फेरिपनि यस्तो कार्यक्रमलाई निरन्तरता दिएरजानुपर्ने जनाए ।

विषेश अतिथि पूर्व मन्त्री एवम् संविधान सभा सदस्य रामेश्र्वर फुयाल उपस्थिति रहेको कार्यक्रममा ४२ जना खेलाडीहरू भाग लिएको थियो। विजय हुनुभएकामा प्रथम रोहिल शाक्य, दोश्रो विकास ढुङ्गाना र तेश्रोमा सलिन शाही भएको थियो।विजेताहरूलाई अायोकले सिल्ड/कप, प्रमानपत्र प्रदान गरिएको थियो।

उक्त कर्यक्रममा रक्तदान जिवनदान नाराका साथ रक्तदान रहेको साथै किसानका उत्पादनहरू, नेपाली हस्तनिर्मित उत्पादनहरू, नेपाली कलाकारहरूलाई प्रोत्साहन गर्न नृत्य, गीत गायन र योगको प्रस्तुति देखाईएको उक्त कार्यक्रममा `चङ्गा उडाउडा योग र व्यायाम गरे जतिकै फाईदा हुने अखिल नेपाल किसान महासंघ काठमाडौं महानगरपालिका कमिटी सचिव सुमित रंजित जनाउनुभयो। त्यस्तै उहाँ थप जनाउनु हुन्छ प्रविधिको विकाससँगै हामी मोबाईलमा मात्रै झुन्डिनुले गर्दा outdoor खेलहरूप्रति रूचि घट्नु चिन्ताजनक रहेको छ। त्यसैले सम्पदा संरक्षण गर्दा हाम्रो स्वास्थ्यमा पनि फाईदाजनक हुनेगर्दछ।

विषेश अतिथि अखिल नेपाल किसान महासंघका महासचिव बाबुराम थापा उपस्थिति रहेको कार्यक्रममा काठमाडौं महानगरका पूर्व मेयर विध्या सुन्दर शाक्य लगायत अखिल नेपाल किसान महासंघका विभिन्न तह र तप्कामा रहनु भएका नेतागनहरूको पनि उपस्थिति रहेको थियो।

यस अघि चङ्गा उडाउने प्रतियोगिता-२०८० साल असोज २८ गते काठमाडौंको खुलामञ्चमा भव्य सम्पन्न भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here