विभिन्न स्थानमा डुबेर मृत्यु

35

काठमाडौं, २० कात्तिक सप्तरी, कन्चनरूप नगरपालिका-४ धनकट्टा जगतपुरस्थित त्रियुगा खोलामा डुबेर सोही ठाउँ बस्ने श्रबण कुमार महतोकी छोरी ८ वर्षीया प्रतिमा महतो र सुरेश सदाकी छोरी ८ वर्षीया जितनी सदाको सोमबार दिउँसो मृत्यु भएको छ ।

नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कन्चनपुरबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा दुवै जनालाई घाइते अवस्थामा फेला पारी उपचारको लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज पठाएकोमा उपचारको क्रममा उनीहरूको मृत्यु भएको हो । साथै खोलामा डुबेर बेपत्ता भएका श्याम कुमार खंगकी छोरी ८ वर्षीया काजल खंगको प्रहरीले खोजी गरिरहेको छ ।

सुनसरी, इटहरी उपमहानगरपालिका-८ ढोकापुल बस्ने सुदिप तामाङको छोरा १८ महिनाको रेमन तामाङको घर नजिकै रहेको पोखरीमा डुबेर सोमबार साँझ मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here