बडिबिल्डिङमा पदक विजेता खेलाडी सम्मानित

57

काठमाडौं । १५ औँ वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई एक कार्यक्रमकाे गरि सम्मान गरेको छ ।

काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिट्नेस संघले माल्दिभ्समा गत  कात्तिक २० गतेदेखि २५ गतेसम्म भएको प्रतियोगितामा नेपालले ४ रजत पदक जित्न सफल भएकाे थियाे ।

साे प्रतियाेगितामा रुजेश शाहीले पुरुष ६० केजी, प्रज्ज्वलमान शाक्यले पुरुष मास्टर्स ४० वर्षमाथि, रजनी श्रेष्ठले महिला ५५ केजीमाथि र सनम मुलगुठीले महिला वान पिस स्विमसुटमा रजत जितेका थिए ।

पदक जितेर स्वर्ण अक्षरबाट नेपाल लेखाउन सफल खेलाडीहरुलाई नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघका प्रथम उपाध्यक्ष विजयलाल कायश्थ, सचिव दिनेश राजभण्डारी, नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान, काठमाडौं जिल्ला शारीरिक सुगठनका अध्यक्ष सुरेश सुवेदीलगायतले कुलेश्वरमा आयोजित एक कार्यक्रमबीच सम्मान गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here