पूर्वसभामुख ढुंगानाको निधनले असल नेता गुमायाे

50

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले पूर्वसभामुख स्व.दमननाथ ढुंगानाको निधनले मुलुकले असल नेता गुमाएको जनाएका छन्।

सोमबार काठमाडौंको नयाँ गौचरणमा राखिएको प्रतिनिधि सभाका पूर्वसभामुख स्व. ढुंगानाका पार्थिव शरीरमा श्रदाञ्जली दिएपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिंदै उनले यस्तो जनाएका हुन्।

स्व. ढुंगाना असल राजनीतिज्ञ, संविधानविद् एवं समाजको सबै विषयमा विशिष्ट योगदान दिने व्यक्ति रहेको उनले जनाए । लोकतन्त्र प्राप्तिको आन्दोलनमा ढुंगानाले महत्वपूर्ण भुमिका खेलेको उल्लेख गर्दै उनलाई गुमाउनु पीडादायी भएको जनाए। उनले पूर्वसभामुख ढुंगानाले नै सरकार सत्तापक्षको र सदन प्रतिपक्षको हुन्छ भन्ने संसदीय व्यवस्थाको विश्वव्यापी मान्यतालाई नेपालमा लागू गरेको बताए।

गृहमन्त्री लेखकले भने, ‘दमननाथ ढुंगाना अत्यन्त असल राजनीतिज्ञ, संविधानविद् र समाजको सबै विषयमा विशिष्ट योगदान दिनुभएको असल नेता, असल व्यक्तित्व हुनुहुन्थ्यो। मुलुक र समाजले एउटा अत्यन्त असल नेता गुमाउनुपरेको छ। त्यसकारण यो एकदम पीडादायी अवस्था हो।

सबभन्दा पहिला उहाँको चीरशान्तिको कामना गर्न चाहन्छु। उहाँको परिवारजन र मित्रहरुमा गहिरो समवेदना पनि व्यक्त गर्न चाहन्छु। लोकतन्त्र प्राप्तिको आन्दोलनमा पनि उहाँको त्यत्तिकै भुमिका थियो। लोकतन्त्र र संसदीय पद्धतिलाई सुदृढ गर्ने कुरामा पनि उहाँको अहम भुमिका रह्यो। उहाँले विशिष्ट संसदीय अभ्यासलाई अगाडि बढाउनु भयो।

सदनमा बहुमतको सरकार हुन्छ। त्यसकारण सरकार सत्तापक्षका हुने भएका कारणले प्रतिपक्षीले सदनमा आवाज उठाउने परिस्थिति बन्नुपर्दछ भन्ने खालको संसदीय व्यवस्थाको विश्वव्यापी मान्यतालाई उहाँले नेपालमा लागू पनि गर्नुभयो। त्यसकारण संसदीय व्यवस्था र पद्धतिलाई सुःस्थापित गर्नका निमित्त उहाँको महत्वपूर्ण योगदान रह्यो। त्यस्तै देशमा सशस्त्र द्वन्द्व भएको बेलामा शान्ती स्थापना गर्ने कुरामा पनि उहाँको विषेश भुमिका रह्यो।

शान्ती प्रक्रिया टुंगोमा पु¥याउने कुरामा समेत उहाँले अतुलनीय योगदान पु¥याउनुभएको छ। त्यसपछिका दिनहरुमा समेत समाजलाई लोकतन्त्रको पथमा, मर्यादित बाटोमा सूसंस्कृत समाज निर्माण गर्ने कुरामा उहाँले नेतृत्व पनि गर्नुभयो, सहजिकरण समेत गर्नुभयो।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here