बाघको छालासहित ४१ भट्टराई पक्राउ

9

काठमाडौं । कपिलवस्तुमा प्रहरीले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले शिवराज नगरपालिका-२ हल्लानगरबाट बुटवल उपमहानगरपालिका-५ गोलपार्कका ४१ वर्षीय विष्णुप्रसाद भट्टराईलाई नियन्त्रणमा लिएको हो ।

करुणा रेष्टुरेन्ट एण्ड लजको काउन्टरको बाहिरी बरण्डामा आइतबार साँझ शंकास्पद अवस्थामा उभिएका भट्टराईलाई खानतलासी गर्दा सेतो प्लाष्टिकको बोरामा पाटे बाघको छाला भेटिएको प्रहरीले जनाएको छ ।

उक्त छालाको लम्बाइ ६ फिट  रहेको छ । छालासँगै चारवटा दाह्रा, चारै खुट्टाको पंजाका नङ्ग्रा र पनि रहेको प्रहरीले जनाएको छ । छालामा गोली लागे जस्तो देखिने तीन वटा सानो प्वाल रहेको प्रहरीको भनाइ छ ।

प्रहरीले पक्राउ परेका भट्टराईलाई सोमबार डिभिजन वन कार्यालय चन्द्रौटा पठाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here