जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

32

मोरङ । लेटाङ नगरपालिका-५ खेरूवा बस्ने कसम सूर्य मगरको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५० वर्षीय कर्ण मगर समेत ९ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ३ सय रूपैयाँ, १ सय ९ पत्ता खुल्ला तास, २ बुक नखोलिएको तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here