काठमाडौं । सिद्धार्थ बैंकको लाभांश घोषणा भएको छ ।
बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको वित्तीय विवरणमा आधारित सञ्चिति नाफाबाट ४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको बैंकका कम्पनी सचिव लक्ष्मण घिमिरेले जानकारी दिए ।
बैंकले अघिल्लो वर्ष ४.२१ प्रतिशत नगद लाभांश दिएको थियो ।


















