यल नेपालभाषा सहर्जकता पुचको आयोजनामा त्यः छिं त्यः हुने

163

ललितपुर । यल नेपालभाषा सहर्जकता पुचको आयोजनामा पाटन हाईस्कुल, पाटन ढोकामा  ने.स. ११४५ थिंलागाः पन्चमि शुक्रवाः, बि.सं. २०८१ पौष ५ गते त्यः छिं त्यः कार्यक्रम प्रेस बिज्ञप्ती मार्फत जनाइएकाे छ ।

यल नेपालभाषा सहर्जकता पुचःका अध्यक्ष पवित्र महर्जनको संयोजकत्वमा हुन लागेको कार्यक्रम बारेमा शनिबार पत्रकार सम्मेलन मार्फत योमरी पुर्णिमाका अवसर कार्यक्रम गर्न लागेको जनाउँदै  प्रत्येक तीन महिनाका विविध सांस्कृतिक पनि गरिने पत्रकार सम्मेलन मार्फत जनाइएको छ ।

प्रेस बिज्ञप्तीमा नेपालको संविधान व्यवस्था अनुसार स्थानीय मातृभाषाबाट अनिवार्य शिक्षा लिने र विद्यालयमा पढाउन सकिने व्यवस्था छ । यही व्यवस्थाअनुसार  ललितपुर महानगरपालिका अन्तर्गत सञ्चालल भइरहेको  सामुदायिक विद्यालयमा नेपालभाषा सहजकर्ता सहशिक्षकका पदमा ४० जना शिक्षक आधिकारिक रूपले  शिक्षा महाशाखाबाट नियुत्ति भयो । अधिकांश विद्यालयमा गैरनेवार विद्यार्थी रहेकाले शिक्षकका लागि चुनौती बिषय बनेको छ । समय समयमा आउने समस्यालाई छलफल गर्न र बालबालिकालाई राम्रोसँग अध्यापन गराउनका लागि ४० वटा विद्यालयहरूका नेपालभाषा शिक्षकहरू मिलेर  नेपालभाषा स्यनामिको मंका पुचः गठन गरिएको जनाइएकाे छ ।

स्थानीय पाठ्यक्रम अनुसार भाषाका साथ-साथै स्थानीय संस्कृति, रीतिरिवाज, परम्परा, गर गहना, लुगा,भाडाकुँदा, काम गर्ने साम्रगी, खानपिन, चाडपर्व लगायतका विषयमा समय-समयमा विभिन्न तरिकाले सिकाउँदै आएका छौं । हामी सबै भाषा प्रेमी र संस्कृति प्रेमी हौं हामी भाषा मात्र होइन परम्परा र संस्कृति पनि सिक्ने र बुझिरहेका छौं। हाम्रो पहिचान हाम्रो मातृभाषा र संस्कृति हो । यसलाई जिवित तुल्याउन सकेको खण्डमा मात्रै हामी पनि जिबित रहन्छौं ।  हामी सँगसँगैं हाम्रो नेपाल दश पनि विश्वभर शिर ठ्ड्याइएर रहन सक्छौं भन्ने हामीहरूको धारणा रहेको छ । भाषालाई सामुदायिक  विद्यालयमा मात्र सीमित नराखी टोल—टोलमा पनि पुर्याउने हाम्रो उद्वेश्य रहेको छ । विद्यालयमा सीमित कक्षालाई  मात्र नेपालभाषा सिमित नराखी भावी योजना बनाई अघि बढ्ने हाम्रो सपना सपना हो । हाम्रो लक्ष्य बालकदेखि प्रौढ अवस्थासम्म नेपालभाषाबाट बोल्ने लगाउनु हाम्रो उद्वेश्य रहेको छ । कुनै पनि ठाउँको भाषाा र संस्कारको सम्बन्ध नंग र मासुको जस्तै रहेको हुन्छ । भाषा बाँचे संस्कार जीवित रहन्छ  संस्कार बाँचे भाषा बाँच्छ । संस्कारबाट संस्कृति रहेको हुन्छ ।  हामी नेवारहरूको संस्कृति र संस्कारमा धनी, प्रत्येक महिना, हप्ता- हप्तामा चाडपर्व मनाउने गर्छाैं । आफ्नै जमिनबाट विभिन्न बाली उब्जाउ गरी, प्रत्येक चाडपर्वमा आफ्नै मौलिक मूल्य मान्यता रहेको वैज्ञानिक रूपले नै समय अनुसार विभिन्न प्रकारका स्वस्थ्यकर खाना बनाई देवतालाई चढाएर समाजमा  बाढेर खाने चलन रहेको छ । यही ज्ञान विद्यार्थीहरूलाई पनि सिकाउन सकेको खण्डमा उनीहरूले पनि भाषाका साथ साथै संस्कृतिलाई पनि माया गरि चाडै सिक्न सकोस् भन्ने हाम्रो उद्वेश्य हो ।

यो उद्देश्य पूरा गर्नका लागि  योमरी पुर्णिमाको अवसरमार हाम्रो संस्थाले त्यः छिं त्यः ज्याझ्वः कार्यक्रम आयोजना गर्न लागेका छौं । त्यःछिं त्यः ज्याझ्वः  शिक्षक, विध्यार्थीको संयुक्त आयोजना हुन लागेको छ । नगरप्रमुखको अभिभावकत्वमा स्थानीय जनप्रतिनिधि, समाजसेवी नेताहरू, विद्यार्थी बालबालिकाहरू सम्पूर्ण एकै ठाउँमा भेला भई पारस्परिक सम्बन्ध स्थापना गरि समृद्व समाज निर्माण हाम्रो प्रयासका साथै पाठ्यक्रमानुसार पठनपाठन गराउनु पर्ने योमरि पुर्णिमा र त्यः छिं त्यः गीतलाई कार्यक्रममार्फत राम्ररी बुझ्ने अवसर मिल्ने जनाइएकाे छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here