काठमाडौं । दाङ, राप्ती गाउँपालिका-८ बिजौरीस्थित सडकमा रा.१ क १४१८ नम्बरको बसले रा.५ प २६०१ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-८ बिजौरी बस्ने ३१ वर्षीय कृष्ण बहादुर शाहीको घटनास्थलमै मृत्यु भएको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कास्की, पोखरा महानगरपालिका-३२ लामेआहालस्थित सडकमा बागमती प्रदेश ०१-००६ ख ५४४३ नम्बरको बस र ग.२१ प ६४७४ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई मंगलबार साँझ दुर्घटना हुँदा स्कुटर चालक सोही महानगरपालिका-३३ भरतपोखरी बस्ने ६४ वर्षीय डम्बर बहादुर पुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सप्तरी, विष्णुपुर गाउँपालिका-१ खुरूरिया चोकस्थित सडकमा राजबिराजबाट सिराहातर्फ जाँदै गरेको स.९ प ९८३३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही गाउँपालिका-१ बाजिपुर बस्ने ५५ वर्षीया सोमनी देवी मण्डलको मंगलबार राति मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी १ जना पैदलयात्रीको 4 छिन्नामस्ता अस्पताल राजबिराजमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















