आजदेखि देशभरका हलमा चलचित्र ‘देववाणी’ प्रर्दशनमा आउने

39

काठमाडौं । आजदेखि देशभरका हलमा चलचित्र ‘देववाणी’ प्रर्दशनमा आउने भएको छ। क्रिसमसको अवसर पारेर प्रदर्शन हुन लागेको चलचित्र ‘देववाणी’ नेपाली र हिन्दी भाषामा निर्माण गरिएको छ।

चलचित्रको प्रचार प्रसारका लागि बलिउड अभिनेताद्वोय ह्यारी जोश र कुन्दन भारद्वाज काठमाडौं पुगिसकेका छन्।

ह्यारी जोशले भारतीय चलचित्र वान्टेड, वेलकम, धुम २, सिंह इज ब्लिङलगायतमा काम गरिसकेका छन्। अभिनेता ह्यारीले काठमाडौं विमानस्थलमा ओर्लिए लगत्तै आफूलाई नेपाल र नेपाली अत्यधिक मनपर्ने जनाएका थिए।

ह्यारीले बलिउड र तेलुगु हिट चलचित्रमा खलनायकको भूमिका निर्वाह गरिसकेका छन्। उनले केही दिन काठमाडौंमा रहेर उक्त फिल्मको प्रचार गर्नेछन्।

मिडिया भेटघाट गर्नेदेखि हल भिजिट गर्नेसम्म उनको तयारी रहेको निर्देशक बाबु साहेब बलामी जनाउँछन्। निर्देशक बलामीका अनुसार बुधबार र बिहीबार जोशले हल भिजिट गर्नेछन्। बुधबार बेलुका सिभिल मलस्थित क्यूएफएक्सको हलमा उनले दर्शकसँगै चलचित्र हेर्नेछन्।

त्यसपछि उनी इलाम पुगेर स्थानीय हलमा दर्शकसँगै फिल्म हेर्नेछन्। त्यसपछि उनी मुम्बई फर्किने योजना छ।

मौसम फिल्म्स प्रोडक्सन हाउस र अनुजा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्ममा सुनिल थापा, ध्रुव कोइराला, नन्दु श्रीवास्तव, अमिता श्राप, मौसम पौडेल, देव सिंह, प्रदीप ढकाल, सरिता भण्डारी, लक्ष्मीनाथ तिमल्सिना, काजोल राघवाणी र मौसम पौडेलको समेत अभिनय छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here