एस पार्टीका नेताहरु बामदेव गौतमसहित छलफलमा जुट्याे

46

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेताहरु बामदेव गौतमसहित छलफलमा जुटेका छन् । गौतमलाई पार्टीमा भित्राउने तयारी अन्तर्गत यो छलफल भइरहेको एक स्राेतबाट जानकारी प्राप्त भएकाे छ ।

साे छलफल नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी रहेको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी गराए ।

एकीकृत समाजवादीका नेताहरु गौतमलाई तेस्रो वरियता दिन सहमत छन् । तर गौतमसँगै एकीकृत समाजवादीमा आउने अन्य नेताहरुको विषयमा भने सहमति जुटिसकेको छैन ।
आजको छलफल सोही विषयमा केन्द्रित रहेको स्रोतले बतायो ।

छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, महासचिव घनश्याम भूषाल, प्रकाश ज्वाला लगायतका नेताहरु सहभागी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here