लसएन्जल्समा आगलागीबाट मृत्यु हुनेकाे संख्या १० पुग्याे

31

काठमाडौं ।  अमेरिकाको लसएन्जल्स जंगलमा भएको आगलागीमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ। लसएन्जल्स काउन्टीको स्वास्थ्य अधिकारीले आगलागीमा परेर १० जनाको ज्यान गएको जनाएका  हुन्।

स्वास्थ्य अधिकारीले मृतकको सनाखत गर्ने काम भइरहेको र यसमा केही समय लाग्न सक्ने जनाएका छन्। यसअघि पैलिसेड्समा दुई र ईटनमा आगलागीमा परेर पाँच जनाको मृत्यु भएको जनाइएको थियो।

यसैबीच राष्ट्रपति जो बाइडेनले संघीय सरकारले दक्षिणी क्यालिफोर्नियामा आगामी ६ महिनासम्म ‘जीवन र सम्पत्ति रक्षा’ का लागि खर्च बेहोर्ने घोषणा गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here