सोल । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले आफ्नो सामसुङ ग्यालेक्सी एस२५ सिरिज आधिकारिक रूपमा लन्च गरेको छ । यस सिरिजका फोनमा कम्पनीले नयाँ एआई फिचरहरू दिएको छ ।
ग्यालेक्सी एस२५ मा अडियो इरेजर पनि लन्च गरिएको छ । जसको मद्दतले प्रयोगकर्ताहरूले पृष्ठभूमिमा सुनिरहेका आवाज हटाउन सक्ने छन् । अडियो इरेजरको मद्दतले प्रयोगकर्ताहरूले भिडियोबाट हावा चलिरहेको आवाज र हल्ला खल्ला आदि हटाउन सक्नेछन् । यस सिरिजका फोनमा प्रयोगकर्ताहरूले लक स्क्रिनमा नयाँ विकल्पहरू पनि पाउनेछन् । यसको मद्दतले प्रयोगकर्ताहरूले मोबाइल लक भएको बेला पनि स्क्रिनमा महत्त्वपूर्ण अपडेट र सूचनाहरू आदि हेर्न सक्नेछन् । जसले गर्दा प्रयोगकर्ताहरूको काम प्रभावित हुने छैन । यो सुविधा विशेष गरी कामकाजीहरूका लागि उपयोगी हुनेछ ।
सामसङ ग्यालेक्सी एस२५ अल्ट्रामा क्वाड क्यामेरा सेटअप लेन्स छ । यसको प्रायमरी क्यामेरा २०० मेगापिक्सेलको छ । यसबाहेक, फोनमा ५० एमपी अल्ट्रा–वाइड लेन्स प्रदान गरिएको छ । ५० मेगापिक्सेल १०एक्स टेलिफोटो क्यामेरा र १० मेगापिक्सेल लेन्स पनि यसमा छ ।


















