दराजमा आफ्नो मिशलिन टायरहरू उपलब्ध

42

काठमाडाैं । नेपालमा मिशलिन टायरको आधिकारिक विक्रेता सिप्रदी अटोपार्टस प्रालिले नेपालको सबैभन्दा ठूलो अनलाइन स्टोर दराजमा आफ्नो मिशलिन टायरहरू उपलब्ध गराएको छ ।​

सिप्रदी अटोपार्टसले ग्राहकको सुविधालाई उच्च प्राथमिकता दिँदै सन् २०२५ जनवरीदेखि मिशलिन टायर दराजमा उपलब्ध गराएको हो  ।
मिशलिनका दुई वटा मोडेल दराजमा विशेष छुटसहित सिप्रदी अटोपार्टसले उपलब्ध गराएको छ । अब ग्राहकहरूले छिटो छरितो र सहज रुपमा मिशलिन सिराक स्ट्रीट टीएल (११०/९०–१८ ६१ पि) र मिशलिन सिटी प्रो टीटी (९०/९०–१९ ५२ पि) टायर खरिद गर्न सक्ने छन् । पूर्वनिर्धारित मूल्यमा विशेष छुटसहित दराजमा टायर उपलब्ध गराइएको हो  ।
जसअनुसार, पहिले (रु.११,५९९) मूल्य पर्ने मिशलिन सिराक स्ट्रीट टि.एल (रु ९, ९९९) मा दराजमा ग्राहकले प्राप्त गर्न सक्ने छन् ।   यस्तै, मिशलिन सिटी प्रो टि.टी (रु.७,६९९) मा यसअघि बिक्री हुँदै आएकोमा अब विशेष छुटसहित (रु.५, ५५५) मा नै सुपथ मूल्यमा उपलब्ध गराएको छ ।

यसबाट ग्राहकहरूलाई थप टेवा पुग्ने र नक्कली टायर खरिदको जोखिम समेत हट्ने छ । अगामी दिनमा सिप्रदी अटोपार्टसले मिशलिनका अन्य टायरहरू पनि दराजमा उपलब्ध गराउने छ । जसले गर्दा ग्राहकहरूले सुपथ मूल्यमा मिशलिन टायर पाउन सक्ने छन् ।

सिप्रदी अटोपार्टसले यो विशेष छुटमा मिशलिन टायर दराजबाट खरिद गरी मौकाको फाइदा उठाउन कम्पनीले ग्राहकलाई आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here