प्रधानमन्त्री ओलीले बोलाए उपत्यकाबाट प्रतिनिधित्व सांसदको बैठक

101

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकबारे छलफलका लागि उपत्यकाका जनप्रतिनिधिहरुलाई बोलाएका छन्।

साताब्यापी युरोप भ्रमणबाट फर्किए लगतै विधेयकमा कुनै कमजोरी रहेछ भने सच्याउन सकिने प्रतिकृया दिएका प्रधानमन्त्री ओलीले छलफल थालेका हुन् । सोमबार विहान भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले प्रधानमन्त्रीलाई ब्रिफिङ गरेकी थिइन् ।

प्रधानमन्त्री ओलीले दिउँसो ३ बजे उपत्यकाका जनप्रतिनिधिहरुको बैठक बोलाएका हुन् । सत्तारुढ नेकपाकै उपत्यकाका सांसदहरु विधेयक फिर्ता लिनुपर्ने पक्षमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here