नक्कली कागजातको आधारमा नेपाली नागरिकता लिए

26

काठमाडौं । एक भारतीयले नाम परिवर्तन गरी नक्कली कागजातको आधारमा नेपाली नागरिकता लिएको छ।

पूर्वी चम्पारण, चकियाका अशोक तुलस्यान वीरगंजमा बसेर भन्सार क्लियरिङ एजेन्टको रूपमा काम गर्दै आएकाे खबर प्राप्त भएकाे छ । उनले आफ्नो एक मात्र छोरा अंशु तुलस्यानको नाम परिवर्तन गरी अन्तरिक्ष तुलस्यान बनाएर नेपाली नागरिकता दिलाउन सफल भएकाे हाे ।

अन्तरिक्ष तुलस्यानसँग बुझ्दा उनले पहिले आफू भारतीय भए पनि, भारतमा आफ्नो सम्पत्ति भएता पनि अहिले नेपाली नागरिक भइसकेको जनाए । उनले आफ्नो वास्तविक नाम अंशु नै रहेको तर अहिले अन्तरिक्ष तुलस्यानको नामबाट यहाँ बसेर नेपाली नागरिकको रूपमा सेवा गरिरहेको जनाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here