प्रवासमा रहेका प्रतिनिधिलाई मतदानकाे अधिकार प्रयोग

52

काठमाडौं ।  नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को महाधिवेशनमा प्रवासमा भएका प्रतिनिधिलाई पनि मतदानको अधिकार प्रयोग गर्न दिएको छ।

काठमाडौंमा हिजो भएको महाधिवेशनमा प्रवासमा रहेका प्रतिनिधिहरूले विद्युतीय माध्यमबाट मतदान गरेको अध्यक्ष डा. बाबुराम भट्टराईले जनाएका हुन्।

उनले भने, ‘प्रवासमा रहने नेपाली नागरिकहरूले जुन देशमा छ त्यहीँबाट राज्य र पार्टीका निर्वाचनहरूमा मतदान गर्न पाउनुपर्छ भन्ने हाम्रो सुरुदेखिकै अडान छ। त्यसैलाई जोड दिँदै हामीले पार्टीको प्रथम महाधिवेशनदेखि विदेशबाटै (भारत प्रवासबाट समेत) प्रतिनिधिहरूले विद्युतीय माध्यमबाट मतदान गर्ने अभ्यास सुरु गरेका छौँ।’

अध्यक्ष उम्मेदवार बाबुराम भट्टराईले मतदानपछि झन्डै ५ दशकको राजनीतिक तथा पार्टी जीवनमा पहिलो पटक आफू सम्बद्ध पार्टीको आन्तरिक निर्वाचनमा सहभागी हुन पाउँदा गर्व महसुस भएको जनाउछन्।  मतदानको गणना अहिले हुँदै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here