राष्ट्रपति पौडेलले अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेटे

49

काठमाडौं । शनिबार पोखरामा बेलुन विस्फोटपछिको आगलागीमा परि घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भेट्न राष्ट्रपति रामचन्द्र पौडेल कीर्तिपुर पुगेका छन् ।

पौडेल र आचार्यको बर्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई भेट्न राष्ट्रपति पौडेल कीर्तिपुर स्थित बर्न अस्पताल पुगेका हुन् ।

चिकित्सकहरूले उनीहरूको अवस्था खतरामुक्त रहे पनि निगरानीमै उपचार गर्न आवश्यक रहेको बताएका छन् । पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा स्विच थिचेर पानसमा बत्ति बालेपछि बेलुन उडाउन खोज्दा आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आचार्य घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here