एजेन्सी । भारतको लद्दाखस्थित कारगिल केन्द्रबिन्दु भएर शुक्रबार बिहान ५.२ म्याग्निच्युडको भूकम्प गएको छ ।
यसको झट्का जम्मू–कश्मिर सम्म महसुस गरिएको थियो ।
नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्प बिहान २ बजेर ५० मिनेट जाँदा गएको थियो ।
जसको गहिराई जमिनभन्दा १५ किलोमिटर तल रहेको थियो ।


















